भिजिट भिसा प्रकरण : मतियारको अभियोग लागेकी कविता पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ। विशेष अदालतले भिजिट भिसा प्रकरणमा घुस बापतको रकम लुकाउन भूमिका खेलेको आरोप लागेकी कविता पौडेललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेलसँग ५ लाख धरौटी लिएर छाड्न गर्ने आदेश दिएको हो । पौडेलविरुद्ध भ्रष्टाचार (रिसवत/घुस) र सम्पत्ति शुद्धीकरण गरी दुई वटा मुद्दा दायर गरिएको थियो ।
अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग मिलेर सेटिङ गरी भिजिट भिसामा मानिसहरू विदेश पठाउने कार्यमा पौडेलको प्रत्यक्ष संलग्नता रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ। पौडेलले भट्टराईको ’मतियार’ बनेर अवैध रूपमा सङ्कलित रकम व्यवस्थापन गर्ने र घरजग्गामा लगानी गर्ने गरेको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारतर्फ ७९ लाख ८० हजार रुपैयाँ बिगो र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी उनी विरुद्ध मुद्दा दायर गरेको थियो । भट्टराईले घुसबापत आर्जन गरेको रकम पौडेलको नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी आरोपपत्रमा गरिएको थियो ।
पौडेलले अदालतसमक्ष बयान दिँदा आफू निर्दोष रहेको र तीर्थराज भट्टराई गाउँको दाजु पर्ने भएकाले मात्र चिनजान र बोलचाल भएको बताएकी छिन । उनले कुनै पनि गैरकानूनी कार्य नगरेको जिकिर गरेकी छिन् ।
तर, अदालतले प्रतिवादीको साथबाट बरामद भएको डायरी, टेलिफोन सम्पर्क र मेसेज आदानप्रदानका प्रमाणहरूलाई आधार मान्दा तत्कालै उनलाई निर्दोष भन्न नसकिने ठहर गरेको छ । मिसिल संलग्न प्रमाणहरूका आधारमा थुनामै राखेर पुर्पक्ष गर्नु नपर्ने तर धरौटी माग्नुपर्ने देखिँदा ५ लाख रुपैयाँ धरौटी माग गरिएको आदेशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण