परिवर्तन रक्षा गर्ने र प्रतिगमन रोक्ने शक्ति हाम्रै पार्टी हो : नारायणकाजी श्रेष्ठ
सारांश
- नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको रक्षाका लागि आफ्नो पार्टी मुख्य शक्ति रहेको दाबी गरे।
- उनले प्रतिगमनकारी षड्यन्त्रको आरोप लगाउँदै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाए।
- श्रेष्ठले युवा पुस्ताको मुद्दालाई समर्थन गर्दै भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्ने लक्ष्य लिएको बताए।
सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको रक्षा र प्रतिगमनविरुद्धको सङ्घर्षमा आफ्नो पार्टी नै मुख्य शक्ति भएको दाबी गरेका छन् ।
सर्लाहीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले देशमा प्राप्त राजनीतिक उपलब्धिहरू सुरक्षित हुनुमा पार्टीले ऐतिहासिक भूमिका निर्वाह गरेको बताएका हुन् ।
श्रेष्ठले केही शक्तिहरू अहिलेको परिवर्तनलाई कमजोर बनाउन र उपलब्धिलाई उल्ट्याएर प्रतिगमन लाद्ने षड्यन्त्रमा लागेको आरोप लगाए। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहने उनले स्पष्ट पारे। राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक–आर्थिक रूपान्तरण गर्ने, सुशासन कायम गर्ने र सामाजिक न्यायका लागि अभियान चलाउने काममा पार्टीले नेतृत्वदायी भूमिका खेलेको उनको दाबी छ ।
पछिल्लो समय युवा पुस्ताले उठाएका मुद्दा र विशेष गरी ‘जेनजी’ को आवाजलाई पार्टीले समर्थन गरेको उनले बताए। युवाहरूमाथि हुने कुनै पनि प्रकारको दमनको विरोध गर्दै उनले युवाको चाहना अनुसार पार्टीले आफूलाई सुधार गर्दै लैजाने उल्लेख गरे। भ्रष्टाचारविरुद्ध सुशासन, दलहरूको रूपान्तरण, राजनीतिक स्थिरता र विकास नै अबको मुख्य लक्ष्य भएको उनको भनाइ छ ।
जनतासम्म सत्य–तथ्य सूचना पुगेमा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले आफ्नो पार्टीलाई अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे। विकास र समृद्धिको यात्रामा जनताको साथ अपरिहार्य रहेको भन्दै उनले सबैलाई परिवर्तनको पक्षमा उभिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण