सामुदायिक विद्यालय प्रविधिमैत्री बनाइने
जाजरकोट– यहाँको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड ९विद्युतीय पाटी० र कम्प्युटरमार्फत पढाइन लागेको हो । पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि प्रविधिको माध्यमबाटै गर्ने गरी कार्ययोजना बनाइएको छ ।
अहिले पहिलो चरणमा यहाँका १४ विद्यालयमा कार्ययोजनाअनुसार काम सम्पन्न भइसकेको र बाँकी विद्यालयमा योजना कार्यान्वयनमा लैजाने विषयमा अन्तिम निष्कर्षमा पुगिएको नगरप्रमुख टेकबहादुर रावलले बताए । उनले जिल्लाको शिक्षाको गुणस्तरमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे । चौध वटा विद्यालयलाई नमूनाका रुपमा अगाडि बढाएर प्राविधिक काम समेत गरिएको छ ।
त्यस्तै रुकुम पश्चिमका २८७ वटै विद्यालयलाई पनि प्रविधिमैत्री बनाउन र शिक्षामा गुणस्तरीयता बृद्धि गर्न स्थानीय सरकारका प्रतिनिधि सहमत भएका छन् । यसको व्यवस्थापनका लागि हरेक वर्ष रु २४ करोड बजेट खर्च हुने अनुमान गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए ।
प्रशासनिक, अनुगमन, पाठयोजना र सूचना प्रविधि जडान तथा पठनपाठनका लागि एक वर्षमा रु २४ करोड लाग्ने र त्यसको व्यवस्थापन आ–आफ्नो स्थानीय तहले व्यहोर्ने निर्णय भएको उनले जानकारी दिए । प्रविधि र दक्ष जनशक्तिको सहायताले अबको तीन वर्षभित्र सबै विद्यालयका प्रअ, व्यवस्थापनलगायत सबै कुरा प्रविधिमैत्री भइसक्ने गरी योजना बनाइएको छ ।
त्यसका लागि संघीय तथा प्रदेश सरकार, शिक्षा मन्त्रालय, दातृ निकायसँग आर्थिक तथा प्राविधिक सहयोग लिइनेछ । विद्यालयको लेखा तथा प्रशासन, अनुगमन र पठनपाठनलाई प्रविधिमैत्री बनाउन मिदास नामक संस्थाले चारवटा सफ्टवेर निर्माण गरिदिने भएको छ । आगामी भदौ १ गतेदेखि सबै स्थानीय तहका केही विद्यालयबाट यसको शुरुआत गरिने भएको छ ।
सबै विद्यालयलाई प्रविधिमैत्री बनाएर तीन वर्षभित्र जिल्लामा शैक्षिक गुणस्तर ८० प्रतिशत बृद्धि गर्ने गरी काम गरिने जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । विद्यालय प्रविधिमैत्री भयो÷भएन, गुणस्तरीय शिक्षा दिन शुरु गरिएको छ कि छैन भनेर १० विद्यालयबराबर एकजना अनुगमनकर्ता खटाइनेछ । उनीहरूको प्रतिवेदनअनुसार विद्यालयमा अपुग विषयको व्यवस्थापन र नगर्नेलाई कारवाहीको दायरामा समेत ल्याइने गरी कार्ययोजना बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण