'कार्की साइँला'मा जितुको जोडी प्रियना
काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशन रहने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ । निर्माण टिमले मुख्य अभिनेत्रीमा आचार्यलाई भित्र्याएको हो । उनी फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा देखिनेछिन् ।
निर्देशक बस्नेतले फिल्मको कथामा प्रियना सुहाउने भएकोले अनुबन्ध गरेको बताए । नेपालको पूर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुनेछ ।
फिल्ममा जितु नेपाल र प्रियाना आचार्यका अलवा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायतको अभिनय रहनेछ ।
कर्णबहादुर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायाङ्कन डम्बर राईको रहने छ। यस फिल्मको द्वन्द्व किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण