भोट नदिएपनि हुन्छ, काम गरेर देखाउँछाैँ : बालेन शाह
बुधबार, ०६ फागुन २०८२, १५ : १५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना आफूहरूले पूरा गर्ने बताएका छन् । परिवर्तनको उद्घोष सभालाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।
‘सुदूरपश्चिमबासीले देखेको सपना पूरा गरेरै छाड्छौँ । स्वास्थ्य,शिक्षा लगायतका समस्या समाधान गर्छौँ । दुई वर्षमा बन्ने बाटो २० वर्षमा बनेन । त्यो पूरा गर्ने हो हाम्रो एजेन्डा हो’, उनले भने, ‘कांग्रेस, एमाले हिँड्ने बाटो बनाउने हो । बडीमालिका यही छ किन चाहियो स्विजरल्याण्ड ? यहाँ बोल्न आएको होइन, भोट माग्न आएको होइन काम गर्न आएको हो रास्वपा ।’
उनले भोट नदिएपनि रास्वपाले काम गरेर देखाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण