सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आईएस शिविरबाट फर्केका नागरिकमाथि अस्ट्रेलियाले लगायो बन्देज

बुधबार, ०६ फागुन २०८२, १५ : २२
बुधबार, ०६ फागुन २०८२

मेलबर्न । अस्ट्रेलियाले सिरियास्थित इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित एक नागरिकलाई देशमा फर्किन दुई वर्षसम्म प्रतिबन्ध लगाएको छ ।

सुरक्षा निकायको सल्लाहका आधारमा यस्तो निर्णय गरिएको गृह मामिला मन्त्री टोनी बर्केले बताए । प्रतिबन्ध लगाइएका व्यक्ति सिरियामा आईएसको शिविरबाट आएका ३४ जना अस्ट्रेलियाली महिला र बालबालिकाको समूहका हुन् । सिरियाली अधिकारीहरूले प्राविधिक कारण देखाउँदै उनीहरूलाई अस्ट्रेलिया फर्काएका थिए । यस समूहका अधिकांश आईएसका लडाकुका श्रीमती, विधवा वा बालबालिका रहेका ठानेर प्रवेश निषेध गरिएको बुझिएको छ । तीमध्ये २३ जना बालबालिका रहेका छन् । 

अस्ट्रेलिया सरकारले यी परिवारलाई स्वदेश फर्काउन सहयोग नगर्ने स्पष्ट पारेको छ । उग्र विचारधारासँग जोडिने निर्णय गरेकाहरूले यसको जिम्मेवारी आफैंले लिनुपर्ने प्रधानमन्त्री एन्टोनी अल्बानेजले भनेका छन् । यद्यपि नागरिकलाई देश फर्किन दिने अधिकार सुनिश्चित गर्न सरकार बाध्य हुने कानुनी विशेषज्ञहरू भन्छन् ।

उक्त समूह उत्तर सिरियाको अल–रोज शिविरमा बस्दै आएको थियो । यस शिविरमा २०१९ पछि आईएस पराजित भएपछि विभिन्न देशका महिला र बालबालिका थुन्दै आएको थियो । शिविरमा करिब ४० देशका दुई हजारभन्दा बढी मानिस बसोबास गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप