भारतीय प्रधानमन्त्री मोदी र गुगलका सीईओ पिचाईबिच भेट
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार गुगल र यसको प्यारेन्ट कम्पनी अल्फाबेट इंकका सीईओ सुन्दर पिचाईसँग विशेष भेटवार्ता गरेका छन्।
नयाँ दिल्लीको भारत मण्डपममा जारी इन्डिया एआई इम्प्याक्ट समिटमा सहभागी हुन आएका पिचाईसँग मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा भारतले गरिरहेको काम र भविष्यको सहकार्यबारे छलफल गरेका हुन् । विशेषगरी भारतीय विद्यार्थी र पेशेवर जनशक्तिलाई एआईको क्षेत्रमा गुगलले कसरी सहयोग गर्न सक्छ र उनीहरूसँग मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा दुईबिच गम्भीर संवाद भएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स' मार्फत पिचाईसँगको भेट फलदायी रहेको जानकारी दिएका छन्। उनले भारत एआईको क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै गुगलले यहाँका प्रतिभाशाली युवाहरूसँग साझेदारी गरेर प्रविधि विकासमा ठुलो योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे।
दिल्लीमा आयोजित उक्त एआई समिट र प्रदर्शनीले भारतलाई प्रविधि हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ, जहाँ पिचाईको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ। गुगलले पनि भारतीय बजार र यहाँको जनशक्तिलाई आफ्नो एआई विकासको मुख्य हिस्सा बनाउने योजना अघि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण