गृहमन्त्री अर्यालले गरे सुन्दरीजल क्षेत्रमा मतदान स्थलको अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी सम्बन्धी विषयमा काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–३ स्थित गोकर्णेश्वर नगरपालिकामा पर्ने सुन्दरीजल क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
बुधबार मतदान स्थलको अनुगमन गर्दै मन्त्री अर्यालले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बताए ।
गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्न निर्वाचन अधिकृतलाई निर्देशन दिएका छन् ।
मन्त्री अर्यालसँगै गृह सचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) रमेश थापा, गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य, र निर्वाचन अधिकृत चमिला भट्टराई सहभागी थिए । अर्यालसहितको टोलीले गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र, ओख्रेनी मावि, सुन्दरीजल मतदान केन्द्र र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ टोखामा रहेको सरस्वती माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको थियो ।
यस्तै, मन्त्रीसहितको टोलीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धापड्यामको पनि अवलोकन निरीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण