सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

बिहीबार, ०७ फागुन २०८२, ०८ : ३७
बिहीबार, ०७ फागुन २०८२

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । बिहान ११ः१५ बानेश्वरको एभरेस्ट होटलबाट एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । 

घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ । 

पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका लागि नयाँ सत्ता समीकरण आवश्यक परेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखिएको विषय घोषणापत्रमा समावेश गरिएको नेताहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप