सुर्खेतमा जीप दुर्घटना हुँदा ९ जना घाइते
सुर्खेत– सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडा नजिकै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नंको सनराइज यातायातको जीप आज दिउँसो १ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा कुशे गाउँपालिका–५ जाजरकोटकी तीन३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की २५ वर्षीया हरिकला रोकाय, २७ वर्षीय मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए ।
त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ की ५५ वर्षीया विष्णुकुमारी शाही, पूजा बुढाथोकी र राप्ती सोनारी गाउँपालिका–२ बाँकेका दीपक सेन पनि घाइते भएको सेञ्चुरीले बताए । घाइते तीन जनालाई जनबन्धु पोलिक्लिनिकमा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको जीप ‘ब्रेक फेल’ भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले बताएको छ । जीप चालक बाँके कोहलपुरका विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे पिपल सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण