मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भैरहवामा शनिबार गर्ने भनिएको रास्वपा चुनावी सभा स्थगित

शुक्रबार, ०८ फागुन २०८२, १२ : १९
शुक्रबार, ०८ फागुन २०८२

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।

रास्वपा लुम्बिनी प्रदेश  उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार स्थगित गरिएको बताए ।

उनले रातोपाटीसँग भने– केन्द्रबाट रोक्न निर्देशन आएको छ ।  विशेष कारणले कार्यक्रम रोक्न भनिएको छ, अरू खुलाएको छैन ।

रास्वपाले भोलि भैरहवामा चुनावी सभाको तयारी व्यापक गरिएको थियो । कार्यक्रमलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तयारी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप