भैरहवामा शनिबार गर्ने भनिएको रास्वपा चुनावी सभा स्थगित
शुक्रबार, ०८ फागुन २०८२, १२ : १९
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार स्थगित गरिएको बताए ।
उनले रातोपाटीसँग भने– केन्द्रबाट रोक्न निर्देशन आएको छ । विशेष कारणले कार्यक्रम रोक्न भनिएको छ, अरू खुलाएको छैन ।
रास्वपाले भोलि भैरहवामा चुनावी सभाको तयारी व्यापक गरिएको थियो । कार्यक्रमलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तयारी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण