बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खैरो हेरोइनसहित युवक पक्राउ

शुक्रबार, ०८ फागुन २०८२, १७ : ३०
शुक्रबार, ०८ फागुन २०८२

काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ घर भएर कपन बस्ने ३१ वर्षीय डिमे लामा छन् । उनलाई बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । 

आरोपीको साथबाट प्रहरीले ५.१० ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । 

प्रहरीले उनको साथबाट १८ वटा मोटरसाइकल तथा स्कुटरको चाबी समेत बरामद गरेको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी कार्कीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप