पोखरामा लागुऔषधसहित तीन महिला पक्राउ
पोखरा । कास्की प्रहरीले पोखराको प्रस्याङबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना महिलालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा म्याग्दी स्थायी घर भई हाल पोखरा–१८ बस्ने ३१ वर्षीया नरकुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्तमाया पाइजालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट डाईजेपाम २२४ एम्पुल, फेनारगन २२४ एम्पुल र ब्रुफिन २२४ एम्पुल गरी कुल ६७२ एम्पुल लागूऔषध बरामद गरेको छ । बरामद लागुऔषधका साथै नगद ८ हजार ५ सय रुपैयाँ र तीन थान मोबाइल फोन समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण