बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

१२३ थान अवैध भरुवा बन्दुक बरामद

शुक्रबार, ०८ फागुन २०८२, २३ : २७
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • बागलुङ प्रहरीले दुई महिनामा १२३ थान अवैध भरुवा बन्दुक बरामद गर्यो।
  • प्रहरीले जंगल, ओडार, र मानिस नबस्ने ठाउँबाट बन्दुक फेला पार्यो।
  • निर्वाचनलाई लक्षित गरी हातहतियार खोज्ने अभियान जारी रहेको छ।

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले करिब दुई महिनाको अवधिमा १२३ थान अवैध भरुवा बन्दक बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानमाबाट भरुवा बन्दु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार जिल्लाका विभिन्न जङ्गल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घर गोठलगायतका ठाउँमा लुकाइछिपाई राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपयोग भई निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै हातहतियार खोजतलास अभियान चलाएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी युनिटबाट खटिएका विशेष अप्रेसन टोलीले स्थानीय नागरिकको सूचना तथा सहयोगमा इजाजतपत्र बिनाका भरुवा बन्दुक बरामद गरेको उनी बताउँछन् । शुक्रबार मात्रै काठेखोला गाउँपालिका–३ धम्जा सायकटेरास्थित जङ्गलमाबाट चार थान भरुवा बन्दु बरामद गरेको प्रहरी नायव उपरीक्षक पाण्डे बताउँछन् । उनले भने, “निर्वाचनलाई लक्षित गरी हातहतियार खोजी र बरामद अभियान नै चलाएका छौँ, छोटो सयमै धेरै हातहतियार बरामद गर्न सफल भयौँ, अझै पनि हाम्रो अभियान जारी रहेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप