रास्वपाले चुनाव भाँड्न खोज्यो, निर्वाचन बलजफ्ती गर्ने विषय होइन : अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले रास्वपाले चुनाव भाँड्न खोजेको आरोप लगाए।
- ओलीले रास्वपाको होहल्ला र अमर्यादित व्यवहारको आलोचना गरे।
- ओलीले रास्वपाको चुनावप्रतिको दोहोरो चरित्रको टिप्पणी गरे।
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला केही दिनयताका घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरेका हुन्।
अध्यक्ष ओलीले रास्वपाले होहल्ला गर्ने र बलमिच्याइँ गर्ने काम गरिरहेको भन्दै तीव्र आलोचना गरे। उनले रास्वपाले चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै भने, 'आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनावै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखियो।'
पछिल्ला घटनाक्रमले रास्वपा निर्वाचन भाँड्ने दिशातर्फ उन्मुख भएको आफूले पाएको ओलीको भनाइ थियो। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबर्जस्ती स्वीकार्य नहुने स्पष्ट पारे।
सबैलाई सचेत गराउँदै उनले निर्वाचन भनेको बलजफ्ती गर्ने विषय नभएको प्रस्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण