ओखलढुङ्गा एमालेको प्रतिबद्धता– विधायकी भूमिकामा अब्बल,जिल्लाको विकासमा सबल सांसद
ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय घोषणापत्र नै मूल दस्ताबेज भए पनि जिल्लाको सन्दर्भ समेटेर विगतमा भएका काम र अब गर्ने कामहरूको सूचीसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको निर्वाचन परिचालन कमिटी संयोजक समेत रहेका नेता यज्ञराज सुनुवारले बताए ।
उम्मेदवार थापाको तर्फबाट सार्वजनिक प्रतिबद्धतापत्रमा दूधकोशी,मोलुङ र लिखु करिडोरका सडक सम्पन्न गर्ने,मध्यपहाडी लोकमार्गको रेखांकन परिवर्तन गरेर ओखलढुङ्गाको केन्द्रभागबाट लैजान पहल गर्ने लगायतका विषय समेटिएका छन् ।
त्यस्तै कृषिबाटै आर्थिक आत्मनिर्भरताका एजेण्डादेखि बाँदर वन्यजन्तुबाट खेती जोगाउने विषय समेत समेटिएको प्रतिबद्धतापत्रमा युवालाई सूचना प्रविधिमार्फत स्वरोजगारमा जोड्ने र युवा उद्यमशीलताका विषय समेटिएको छ ।
प्रतिबद्धतापत्रमा कृषि व्यवसायीकरण, यान्त्रिकीकरण र सहकारीमार्फत उत्पादन बिक्री ग्यारेन्टीको नीति अघि सारेको छ । जिल्लाको करिब ५० प्रतिशत भूभाग ओगटेको वन क्षेत्रलाई आयआर्जन र स्थानीय उपभोगमा प्रयोग गर्ने नीतिगत पहल गरिने उम्मेदवार थापाले बताएकी छन् ।
पारिवारिक स्वास्थ्य कार्यक्रमदेखि अस्पतालहरूको स्तरोन्नति र ज्येष्ठ नागरिकहरूलाई घरमै आधारभूत सेवा प्रवाहको विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । वन जङ्गलजस्ता प्राकृतिक सम्पदालाई आर्थिक उपार्जनमा जोड्न कानुनी व्यवस्थाका लागि सांसदका रूपमा पहल गर्ने प्रतिबद्धता पनि थापाले व्यक्त गरेकी छन् ।
ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन तथा पदमार्गहरूको निर्माण तथा विस्तार गर्दै जिल्लाभित्रका रुम्जाटार र चण्डेश्वरी विमानस्थल सञ्चालनको एजेण्डा पनि एमालेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ।
प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा प्रवाहलाई उत्तरदायी बनाउन सांसदको पहलमै नागरिक संयन्त्र निर्माण गर्नेदेखि विकाससहितका समस्याको समाधानमा सांसद भन्ने नारा अघि सारिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण