डेभिड मिलरको विस्फोटक ६३ रनसँगै भारतलाई १८८ रनको लक्ष्य
आइतबार, १० फागुन २०८२, २१ : १०
अहमदाबाद । साउथ अफ्रिकाले टी–२० विश्वकपको तेस्रो सुपर–८ खेलमा भारतलाई १८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकी टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको हो ।
अफ्रिकाका लागि डेभिड मिलरले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६३ रनको शानदार इनिङ खेले । यस्तै डेवाल्ड ब्रेभिसले ४५ रन जोडे ।
बलिङतर्फ भारतीय टोलीका लागि तीव्र गतिका बलर जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । अर्शदीप सिंहले भने २ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण