दक्षिण अफ्रिकाविरुद्ध दबाबमा भारतः १० ओभर नपुग्दै पाँच विकेट पतन
अहमदाबाद। जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत तेस्रो सुपर–८ खेलमा भारत राष्ट्रिय क्रिकेट टोली १० ओभर नपुग्दै पाँच विकेट गुमाएर दबाबमा परेको छ ।
दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली ले दिएको १८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको भारतले १० औँ ओभरसम्म ५० रन जोड्दा आधा टोली गुमाइसकेको छ ।
पाँचौँ विकेटका रूपमा कप्तान सूर्यकुमार यादव क्याच आउट भए । यसअघि भारतले रनको खाता नै नखोली इशन किशनलाई गुमाएको थियो । तिलक वर्मा मात्र एक रनमा आउट भए भने अभिषेक शर्मा ले १५ रन जोडे पनि टिक्न सकेनन् । वासिङ्टन सुन्दर ११ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए ।
यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । अफ्रिकाका लागि डेभिड मिलर ले ३५ बलमा ६३ रनको आक्रामक पारी खेले भने डेवाल्ड ब्रेभिस ले ४५ रनको योगदान दिए ।
बलिङतर्फ भारतका जसप्रित बुमराह ले ३ विकेट लिए। अर्शदीप सिंह ले २ विकेट हात पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण