धादिङ बस दुर्घटनाका १५ जना घाइतेलाई ट्रमा सेन्टर ल्याइयो, तस्बिरहरू
सोमबार, ११ फागुन २०८२, १० : ५८
सारांश
- धादिङमा भएको बस दुर्घटनामा घाइते भएका १५ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ।
- दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ, जसमा घटनास्थलमै १७ र उपचारको क्रममा २ जनाको मृत्यु भएको छ।
- पोखराबाट काठमाडौँ आउँदै गरेको बस बेनिघाट रोराङ गाउँपालिका-५ मा दुर्घटनाग्रस्त भयो।
काठमाडौँ । सोमबार बिहान धादिङमा भएको बस दुर्घटनाका १५ जना घाइतेलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याइएको छ ।
घाइतेहरूको उपचार थालिएको अस्पतालले जनाएको छ ।
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।













Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण