देशको नेतृत्व अब गगन थापाले गर्छन् : उपसभापति भुसाल
ललितपुर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टी पूर्णरूपमा बदलिएर नयाँ परिवेशमा आएको र देशको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताएकी छन् ।
नमुना महिला सञ्जाल गोदावरी नगरपालिकाले सोमबार आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उपसभापति भुसालले विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताइन् ।
उनले राष्ट्रको समृद्धिको उच्च मार्गचित्र कांग्रेसले घोषणापत्रमा समेटेको बताइन् । ‘राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ । बिना एजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यस पटक मत दिँदैनन्,’ उपसभापति भुसालले भनिन्, ‘राष्ट्रको मुहार फेर्ने सङ्कल्प कांग्रेसले लिएको छ । कांग्रेसलाई देशको सबैभन्दा ठुलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहोरात्र खटिनुस् ।’
ललितपुर–१ को समग्र विकास, सुशासन र नागरिकको भविष्यको ग्यारेन्टी गर्न कांग्रेस उम्मेदवार उदय शमशेर राणालाई जिताउन भुसालले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण