मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित

मङ्गलबार, ०९ असार २०८३, ०७ : ४४
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको छ।
  • नर्वेका लागि एर्लिङ हालान्डले दुई गोल र मार्कस पेडरसनले एक गोल गरे।
  • यस जितसँगै नर्वे समूह 'आई' मा आफ्नो स्थिति मजबुत बनाउँदै नकआउट चरण नजिक पुगेको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम क्षणको तनावपूर्ण संघर्षपछि अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

न्युयोर्क–न्युजर्सी रंगशालामा सम्पन्न खेलमा नर्वेले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो। ४३औँ मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८औँ मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। ५३औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए।

तर ५८औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३–१ को मजबुत स्थितिमा पुर्‍याए।

सेनेगलले अन्तिम समयमा लगातार दबाब बनायो र थपिएको ३ मिनेटमा फेरि इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३–२ मा ल्याए। त्यसपछि पनि सेनेगलले बराबरीका लागि प्रयास जारी राख्यो। अन्तिम क्षणमा सारको हेडर थोरै बाहिर जानु र थप आक्रमण असफल हुनु सेनेगलका लागि निराशाजनक बन्यो।

tag_reuters.com,2026_newsml_UP1EM6N03PCFP_319519337_768x432

अन्ततः रेफ्रीको अन्तिम सिट्टीसँगै नर्वेले कठिन जित हात पार्दै समूह चरणबाट अन्तिम ३२ मा स्थान पक्का गर्‍यो। सेनेगल भने अन्तिम क्षणको अवसर सदुपयोग गर्न नसक्दा पराजित भयो।

यो खेल समूह चरणकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बनेको छ, जहाँ अन्तिम सेकेन्डसम्म नतिजा अनिश्चित थियो।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप