दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
सारांश
- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ।
- प्रसाईंलाई निर्वाचन विथोल्ने अभियान चलाउन लागेको आशंकामा प्रहरीले पटक-पटक पक्राउ गरेको छ।
- यसअघि प्रसाईं हाजिर जमानीमा छुटेका थिए र साइबर ब्यूरोले अनुसन्धान गरेको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश जारी गरेको हो ।
प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरेको हो ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण