मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु
बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ ।
बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने बताए।
उनले भने, “निर्वाचनलाई तनावका रूपमा लिन हुँदैन । कठिनाइ आउन सक्छन्,तर त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ । निर्वाचनलाई सफल पार्न सबैले लाग्न जरूरी छ ।”
प्रमुख निर्वाचन अधिकृत दाहालले केन्द्रमा आउने अशक्त, अस्वस्थ र जेष्ठ नागरिकलाई सहज रूपमा मतदान गर्ने अवस्था बनाउन ध्यान दिन आग्रह गरे । “सबैलाई सहज रूपमा मतदान गर्ने र निर्वाचन प्रक्रियामा सहभागी हुने अवस्था बनाउने दायित्व हामी सबैको हो । खास गरी मतदान सम्पन्न गर्न जिम्मेवारी तोकिएका व्यक्तिले आचरण र अनुशासनलाई ख्याल गर्नुपर्छ”, उनले भने,“आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको छ । त्यसको उल्लंघन भएमा विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुन्छ ।”
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरे वा नगरेको बारे निगरानी हुने बताए । उनले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सर्तकता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधिअनुसार कडाइ गर्न निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी तामाङले सुरक्षा संवेदनशीलालाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गरे।
तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार सय तीन मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा आठ सय मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी हुनुभएको छ । प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत गरिने निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण