शेखर कोइरालाले भने– कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ
सोमबार, ११ फागुन २०८२, १९ : ४०
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् ।
कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए ।
कोइरालाले धर्म संस्कृति संस्कार र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए । उनले धर्म र संस्कृति माथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाइ थियो ।
नेपाली कांग्रेस बुढिगंगा गाउँपालिकाको घर–दैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्पराको महत्त्व रहेको बताए।
उम्मेदवार कोइरालाले धर्म संस्कृति संरक्षण कै लागी अहिलेको निर्वाचन अति महत्त्वपूर्ण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण