शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सञ्चालन

सोमबार, ११ फागुन २०८२, २१ : ३१
सोमबार, ११ फागुन २०८२

सुनसरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सुनसरी सदरमुकाम इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य सरोकारवालालाई सो विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक अच्युतकुमार थापाले जानकारी दिए।

कार्यक्रममा राष्ट्र बैंक विराटनगरका उप–निर्देशक थापाले जाली नोट पहिचान गर्ने विधिको विषयमा जानकारी दिएका थिए । त्यसैगरी उनले नेपाली नोटको जतन गर्नुपर्ने, नोटमा जथाभावी कोर्न/लेख्ने गर्दा नोटसँगै राष्ट्रियताको पनि अपमान हुने र त्यस्तो कसैले गरेमा राम्रो सन्देश नजाने बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक होमराज ओलीले जाली नोट भेटिएमा प्रहरीलाई जानकारी गराउने दायित्व सबैको भएको बताए। केही दिन अगाडि मात्र सुनसरी सदरमुकाम इनरुवा–३ र हरिनगर गाउँपालिकाबाट जाली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निर्वाचनका बेलामा यसको कारोबार हुनेसक्ने आशङ्काका अधारमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप