काठमाडौँ मेडिकल कलेजले सावित्रा भण्डारीको निःशुल्क उपचार गर्ने
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) प्रालिले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी(साम्बा) को निःशुल्क उपचार गर्ने भएको छ ।
साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटको कारण मैदान बाहिर रहेकी छिन् ।
यस अघि कतारको अस्पेटारमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण साम्बाले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेपछि केएमसीले निःशुल्क उपचार गर्ने भएको हो ।
सोमबारमात्रै साम्बाले सामाजिक सञ्जाल मार्फत उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी थिइन् ।
'राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ,'अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले भने ।
उत्कृष्ट र अत्याधुनिक उपकरण, दक्ष जनशक्तिका साथ गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको आफ्नो कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गाम्भिर्यतालाई मध्यनजर गर्दै साम्बाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण