'राम नाम सत्य'को सकियो छायाङ्कन
सारांश
- निर्देशक माइकल चन्दले फिल्म 'राम नाम सत्य' को छायाङ्कन सकिएको जानकारी दिए।
- फिल्ममा बिराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
- आगामी चैत्र २७ गते रिलिज हुने फिल्ममा एक्सन, सस्पेन्स र लभ स्टोरी समावेश छ।
काठमाडौँ । फिल्म 'राम नाम सत्य'को छायाङ्कन सकिएको छ । निर्देशक माइकल चन्दले सोमबारबाट फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको जानकारी दिए । ‘५ वर्षदेखि सपना बुनेको फिल्म ‘राम नाम सत्य’मा मलाई साथ दिने कलाकार, प्राविधिक र निर्मातालाई धन्यवाद’ उनले भने ।
आगामी चैत्रको २७ गते रिलिज मिति तोकिएको फिल्ममा बिराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् ।
निर्माण युनिटले फिल्मको पहिलो गीत ‘धागोले बाटेको’ केही दिन अघि सार्वजनिक गरेको थियो । बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार बिराज भट्ट र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । बिराज र सुपुष्पा रोमान्टिक देखिएको गीतसँगै फिल्मको आधिकारी प्रचार सुरु भएको निर्माण युनिटले जनाएको छ ।
माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण