लन्डन फेसन विकमा नेपाली डिजाइनर संयुक्ता श्रेष्ठको धमाका
सारांश
- फेसन डिजाइनर संयुक्ता श्रेष्ठले लन्डन फेसन विकमा नयाँ कलेक्सन सार्वजनिक गरिन् र दुर्गमका बालबालिकाको शिक्षामा सहयोग गर्ने घोषणा गरिन्।
- बेलायती राजा चार्ल्स तृतीयको उपस्थितिमा संयुक्ताको कलेक्सन प्रदर्शन भयो, जसमा केरा, आँप र स्याउको बोक्राबाट बनेका कपडाहरू थिए।
- संयुक्ताले नेपाली हस्तकला र सीमान्तकृत महिलाहरूले बनाएका कपडालाई विश्वसामु पुर्याइन्, साथै मानवीय सेवामा जोड दिइन्।
लण्डन । नेपाली मूलकी चर्चित फेसन डिजाइनर संयुक्ता श्रेष्ठले लन्डन फेसन विक २०२६ मा आफ्नो नयाँ कलेक्सन ‘कन्टिन्युअम’ सार्वजनिक गर्दै विलासी फेसनको परिभाषा नै बदलेकी छिन्। यस पटक उनले परम्परागत फेसन रनवेमा गरिने ठुलो लगानीलाई कटौती गरेर नेपालका दुर्गम भेगका असहाय बालबालिकाको शिक्षाको उत्थानका लागि खर्च गर्ने साहसिक निर्णय लिएकी छिन्।
उनको यो कदमलाई ब्रिटिश फेसन काउन्सिलले समेत उच्च सम्मान गर्दै लन्डन फेसन विकको आधिकारिक हब '१८० स्ट्रान्ड' मा नेपाली कथा र कलालाई स्थान दिएको छ। बेलायती राजा चार्ल्स तृतीयले उद्घाटन गरेको यस ऐतिहासिक कार्यक्रममा संयुक्ताको कलेक्सनले सबैको ध्यान खिचेको छ।
राजा चार्ल्सले दिगो फेसन र पर्यावरणमैत्री कपडाको प्रवर्द्धनमा जोड दिइरहेका बेला संयुक्ताले केरा, आँप र स्याउको बोक्राबाट बनेका लेदरका साथै रिसाइकल सिल्क र बाँसका धागोबाट बनेका पहिरन प्रदर्शन गरेकी छिन्। उनको यो कलेक्सनमा ५० प्रतिशतभन्दा बढी पुराना कपडाका अवशेषहरूलाई पुनः प्रयोग गरी अत्याधुनिक डिजाइन दिइएको छ। विशेषगरी नेपालका सीमान्तकृत महिलाहरूले हातैले बुनेका कपडालाई उनले लन्डनको मुटुमा पुर्याएर विश्वलाई नेपाली हस्तकलाको सामर्थ्य देखाएकी छिन्।
संयुक्ताले आफ्नो यो अभियान फेसनको चमकधमकमा मात्र सीमित नभई मानवीय सेवामा समर्पित हुनुपर्ने बताएकी छिन्। 'वास्तविक नवीनता भनेको फोहोर बढाउनु होइन, बरु दयाको विरासत छोड्नु हो' भन्दै उनले आफ्ना स्रोतहरू बालबालिकाका लागि खर्चिनु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेकी छिन्।
सन् २०११ देखि दिगो फेसनको क्षेत्रमा 'ग्रिन गडेस' का रूपमा चिनिएकी संयुक्ताका डिजाइनहरू ओस्कार, बाफ्टा र कान्स जस्ता प्रतिष्ठित रेड कार्पेटमा हलिउड सेलिब्रिटीहरूले समेत लगाउने गरेका छन्।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण