सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बुधबार, १३ फागुन २०८२, ११ : ३०
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो, तर चाँदीको मूल्य भने बढ्यो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले वृद्धि भई ५ हजार ७ सय १५ पुगेको छ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला रु ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला रु १३० ले वृद्धि भएको महासंघले जनाएको छ।
त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सयमा कारोबार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण