प्रतिनिधि सभा निर्वाचन : निरञ्जन संजेलकाे उम्मेदवारी निष्क्रिय
काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।
बुधबार धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै संजेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गरेका हुन् ।
उनले अब नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा पाण्डे र संजेलबिच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत भएको जनाइएको छ ।
सभालाई सम्बोधन गर्दै संजेलले पाण्डे धादिङका विकासप्रेमी नेता मात्र नभई देशकै अभिभावक व्यक्तित्व भएको उल्लेख गरे । ‘धादिङको सर्वाङ्गीण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ,’ उनले भने।
यसअघि मंगलबार साँझ नै सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका संजेलले बुधबारको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संजेलको समर्थनसँगै धादिङ क्षेत्र नम्बर १ मा पाण्डेको पक्षमा चुनावी माहोल थप बलियो बनेको छ । यही फागुन २१ गते निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण