सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयले गर्न थाल्यो दैनिक समीक्षा

बुधबार, १३ फागुन २०८२, २१ : ०८
बुधबार, १३ फागुन २०८२

सारांश

  • गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाबारे दैनिक समीक्षा सुरु गरेको छ।
  • केन्द्रीय सुरक्षा समितिमा निर्वाचनको रणनीति, जनशक्ति परिचालन र वस्तुस्थितिबारे छलफल भइरहेको छ।
  • बैठकले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था थप सुदृढ गर्ने निर्णय गरेको छ।

काठमाडौँ । निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयले दैनिक समीक्षा गर्न थालेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे दैनिक समीक्षा गर्न थालिएको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ । 

सुरक्षा व्यवस्थालाई प्रभाकारी बनाउनेबारे मंगलबार र बुधवार लगातार केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । केन्द्रीय सुरक्षा समितिमा निर्वाचनसँग सम्बन्धित दैनिक समीक्षा, रणनीति र जनशक्ति परिचालनबारे छलफल भइरहेको छ । 

केन्द्रीय सुरक्षा समितिले स्थानीय स्तर र केन्द्रको वस्तुस्थिति र निर्वाचन सम्बन्धी सूचना र गतिविधिलाई सूक्ष्म विश्लेषण गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । एकीकृत सुरक्षा योजना अनुसार देशभर सुरक्षाकर्मीहरू परिचालन भएका छन् । 

बुधवार गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप