रौतहटमा फागुन १८ देखि मदिरा बिक्री–वितरण निषेध
सारांश
- रौतहटमा फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।
- जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई निष्पक्ष बनाउन फागुन १८ गतेदेखि मदिरा बिक्री वितरणमा रोक लगाएको हो।
- निषेधाज्ञाको उल्लंघन गरेमा कानुनअनुसार कडा कारबाही गरिने र सुरक्षा निकायले अनुगमन गर्नेछ।
रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त आदेश जारी गरेको हो। सिडिओ दिनेश सागर भुसालद्वारा बुधवार जारी सूचनाअनुसार यही फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन निषेध गरिएको छ।
सूचनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने पनि प्रशासनले जनाएको छ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण