इरानले फेरि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको छ : जेडी भान्स
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान आणविक कार्यक्रम पुनर्निर्माणतर्फ उन्मुख भएको बताए।
- भान्सले इरानसँग आणविक हतियार हुनु नहुने स्पष्ट पारे, अमेरिकालाई यो स्वीकार्य छैन।
- इरानको आणविक कार्यक्रमबारे जेनेभामा हुने वार्तामा अमेरिकी अधिकारीहरू सहभागी हुनेछन्।
वासिङ्टन डीसी । गत वर्ष जुनमा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्ने प्रयास गरिरहेको संकेत पाएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । ‘सिद्धान्त धेरै स्पष्ट छ । इरानसँग आणविक हतियार हुनुहुँदैन’ भान्सले पत्रकारहरूलाई भने ।
यदि इरानले आणविक हतियार विकास गर्ने प्रयास गरे भने, यो अमेरिकाका लागि समस्या हुने र वास्तवमै उनीहरूले त्यसो गर्न खोजिरहेको प्रमाण देखिएको पनि उनले बताए । भासको यो बयान बिहीबार जेनेभामा इरानको आणविक कार्यक्रममा वार्ता गर्ने कार्यक्रम रहेको बेला आएको हो ।
अमेरिकी उपराष्ट्रपतिले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनरले बिहीबार इरानसँग हुने वार्तामा भाग लिने पनि बताए । ट्रम्पले इरानको आणविक कार्यक्रमलाई कूटनीतिक रूपमा समाधान गर्न चाहेको तर राष्ट्रपतिसँग अन्य विकल्पहरू भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण