राजनीति
नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु
बिहीबार, १४ फागुन २०८२, १४ : ५८
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन परिचालन समितिको बैठक सुरु गर्यो।
- बैठक फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बोलाइएको हो।
- स्थानीय पार्टी कमिटीको रिपोर्टअनुसार देशभर नेकपाको राम्रो स्थिति रहेको बताइएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकाे निर्वाचन परिचालन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए ।
‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ । निर्वाचनबारे सूक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको रिपोर्टअनुसार देशभर नेकपाको राम्रो स्थिति बनेको छ । यी लगायत वस्तुनिष्ठ ढङ्गले चुनावको तयारीबारे समीक्षा हुन्छ’, उनले भने ।
बैठक लगत्तै नेकपाले पत्रकार सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
-
नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो
-
खाडी मुलुकको भ्रमणमा जाँदैछन् अमेरिकी विदेशमन्त्री रुबियो
-
इन्द्रसरोवरले ल्यायो ४२ करोड भन्दा बढीको बजेट
-
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
-
सीमासम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे विश्वप्रकाशले मागे रास्वपाको आधिकारिक धारणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण