निर्वाचन सुनिश्चित भएको छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते को निर्वाचन सुनिश्चित भएको बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले केही उत्तरचढाव हुँदै सिङ्गै राष्ट्र निर्वाचनमा होमिएको र निर्वाचन सुनिश्चित भएको बताए ।
यद्यपि उनले असहज परिस्थितिमा आइलागेको निर्वाचनमा सहभागी हुनुपरेको र यसलाई सफल पार्नु समाजका सबै तह र तप्काको जिम्मेवारी भएको बताए ।
प्रचण्डले गत भदौ २३ गते जेनजी युवाहरूले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको नियन्त्रण हट्नुपर्छ भनेर शान्तिपूर्ण प्रदर्शन गरेको भन्दै उक्त प्रदर्शनअघि जेनजीले राखेका माग जायज भएकाले हस्तक्षेप नगर्न भनेको बताए।
उनले २३ गते युवाहरूमाथि हत्या गर्ने प्रवृत्ति र दमन गर्ने प्रवृत्ति अहिले पनि नेपालको राजनीतिमा अहिलेसम्म अहङ्कारी र दम्भी प्रवृत्ति नैतिक जिम्मेवारी लिन तयार नभएको बताए ।
त्यस्तै उनले २४ गतेको विध्वंसकारी प्रवृत्ति पनि अतिवादी प्रवृत्तिका रूपमा देखापरेको भन्दै आफूहरू दुवै प्रवृत्तिकाे विरुद्धमा रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण