सर्वोच्च अदालतले माग्याे निर्वाचन आयोगसँग लिखित जवाफ
सारांश
- सर्वोच्च अदालतले विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न निर्वाचन आयोगसँग जवाफ मागेको छ।
- अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले आयोगलाई जवाफ दिन आदेश दिएको हो।
- रिटमा उम्मेदवारहरूको झुटो विवरण भए उजुरी गर्न बाटो बन्द भएको भन्दै विवरण सार्वजनिक गर्न माग गरिएको थियो।
काठमाडौँ । यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको छ ।
अधिवक्ता राजकुमार सुवालले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको (प्रत्यक्ष र समानुपातिक दुवैतर्फको) सूची सार्वजनिक नगर्नुको कारण पेस गर्न निर्वाचन आयोगसँग जवाफ मागेको हो ।
कानुनअनुसार यदि कुनै उम्मेदवारले झुटो विवरण दिएर नाम दर्ता गरेको छ भने त्यसविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले विवरण सार्वजनिक नगर्दा उजुरी गर्ने बाटो बन्द भएपछि सर्वोच्चमा रिट दिएका थिए ।
’मतदाता नामावली ऐन, २०७३’ अनुसार कसैले झुटो विवरण दिएर नाम समावेश गरेको पाइएमा जोसुकैले पनि उजुरी दिन सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्न उम्मेदवारको पारिवारिक र व्यक्तिगत विवरण पारदर्शी हुनुपर्ने माग रिटमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण