निर्वाचन देश बनाउने सङ्कल्पको जनमत होः नेता पोखरेल
काठमाडौँ । काठमाडौँ निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरुले देश बनाउने सङ्कल्पको जनमतका रुपमा लिएको बताएका छन् ।
सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरु देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गरे। उनले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए ।
नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण बिभागमा उपस्थित गराइयो
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण