रातोपाटीकर्मी आचार्यमाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग
सारांश
- रातोपाटी अनलाइनका पत्रकार अर्जुन आचार्यमाथि एमालेका स्वयंसेवकहरूले आक्रमण गरेका थिए।
- आक्रमणमा आचार्यको आँखा, गाला र ढाडमा चोट लाग्यो, साथै मोबाइल र चस्मा खोसियो।
- प्रेस सेन्टर नेपालले घटनाको निन्दा गर्दै आक्रमणकारीलाई कारबाहीको माग गरेको छ।
काठमाडौँ । रातोपाटी अनलाइनका पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । बिहीबार प्रेस सेन्टर नेपालले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न एमालेका भोलेन्टेयर सदस्यहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गरेको हो ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने हाम्रो मत दैनिकका कार्यकारी सम्पादक आचार्यमाथि आज नेकपा (एमाले) को भोलेन्टेयर फोर्सका सदस्यहरूले भौतिक आक्रमण गर्नुका साथै मोबाइल लुटपाट गरेका थिए ।
रातोपाटी अनलाइन टिम निर्वाचनको रिपोर्टिङका लागि झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा पुगेको थियो ।
रिपोर्टिङकै क्रममा आचार्यमाथि भोलेन्टेयर फोर्सका सदस्यहरूले आक्रमण गरेका हुन् । उक्त आक्रमणबाट आचार्यको आँखा, गाला तथा ढाडमा चोट लागेको छ । साथै उनको मोबाइल खोसिएको र चस्मा फुटाइएको छ ।
प्रेस सेन्टर नेपालले आचार्यमाथि भएको भौतिक आक्रमण तथा मोबाइल लुटपाटको घटनाको घोर निन्दा समेत गरेको छ । प्रेस सेन्टर नेपालले उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासन तथा सरकारसँग समेत माग गरिएको प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण