इजरायलभर संकटकाल घोषणा, इरानमाथि आक्रमण
सारांश
- इजरायलले इरान विरुद्ध पूर्व-सतर्कता आक्रमण सुरु गरेको छ।
- इजरायली रक्षामन्त्रीले देशभर विशेष र स्थायी संकटकाल घोषणा गरेका छन्।
- इरानको राजधानी तेहरानमा विस्फोटका आवाज सुनिए, मिसाइल प्रहार भएको रिपोर्ट छ।
तेल अभिभ । इजरायलले इरान विरुद्ध ‘पूर्व-सतर्कता’ आक्रमण सुरु गरेको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर 'विशेष र स्थायी संकटकाल' घोषणा गरेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको मुख्य सहरी क्षेत्रमा तीनवटा ठुला विस्फोटका आवाज सुनिएका छन्। इरानको फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइलहरू प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ।
इरानको राज्य-सम्बद्ध फार्स समाचार एजेन्सीले तेहरानको उत्तर र पूर्वमा धेरै नयाँ विस्फोटहरू सुनिएको रिपोर्ट गरिरहेको छ।

एसोसिएटेड प्रेस समाचार एजेन्सीले इरानको राजधानीमा आक्रमण सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिक भएको रिपोर्ट गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलले ‘राज्यलाई खतराहरू हटाउन’ पूर्वनिर्धारित रूपमा आक्रमण गरेको हो। इजरायलको विमानस्थल कार्यालयले सबै नागरिक उडानका लागि हवाई क्षेत्र बन्द गरिएको घोषणा गरेको छ र सर्वसाधारणलाई विमानस्थलमा नआउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण