इरान–इजरायल युद्ध
इरानका सर्वोच्च नेता खामेनी मारिएको इजरायली सञ्चारमाध्यमको दाबी
आइतबार, १७ फागुन २०८२, ०१ : ५९
सारांश
- इजरायली सञ्चारमाध्यमले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको रिपोर्ट प्रकाशित गरे।
- इरानको सर्वोच्च नेताको कार्यालयले इजरायली रिपोर्टलाई खण्डन गर्दै भ्रम फैलाएको आरोप लगाएको छ।
- इरानी अधिकारीले इजरायली रिपोर्टलाई देशका शत्रुहरूले फैलाएको मानसिक युद्धको संज्ञा दिए।
काठमाडौँ । इजरायली सञ्चारमाध्यम र समाचार संस्था रोयटर्सले इजरायली ‘वरिष्ठ’ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको समाचार सार्वजनिक गरेका छन् ।
यसैबिच, इरानको सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले खामेनी मारिएको भन्ने इजरायली रिपोर्टहरूको खण्डन गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ती अधिकारीले यसलाई देशका शत्रुहरूले फैलाएको ‘मानसिक युद्ध’ को संज्ञा दिएका छन् । उनले इजरायली रिपोर्टहरूपछि शत्रु पक्षले भ्रम फैलाउन यस्तो प्रचार गरेको आरोप लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण