इरानको छात्रा विद्यालयमा मर्नेको सङ्ख्या ११८ पुग्यो
आइतबार, १७ फागुन २०८२, १० : ४९
तेहरान । इरानको दक्षिणी सहर मिनाबस्थित एक छात्रा विद्यालयमा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रिपोर्टअनुसार उक्त आक्रमण शाजाबा तैयबा स्कुल परिसरमा भएको थियो ।
घटनास्थलबाट प्राप्त भिडियोको स्थान पहिचान पुष्टि गरेको सीएनएनले जनाएको छ । उक्त विद्यालय एक इरानी सैन्य अड्डाबाट करिब २०० फिट दूरीमा रहेको थियो ।
उपग्रह तस्बिरहरूका अनुसार विद्यालय पहिले सैन्य अड्डाको भागजस्तै देखिए पनि कम्तीमा सन् २०१६ देखि ती दुई स्थल छुट्टाछुट्टै थिए । घटनापछि उद्धारकर्मी र स्थानीय बासिन्दाले भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेकोले मर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण