देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न सकिँदैन : गगन थापा
सारांश
- गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन्।
- उनले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा बोल्ने नेता आवश्यक रहेको बताए।
- उनले निर्वाचन प्रचारप्रसारमा उत्तेजना र घोचपेचको भाषा प्रयोग नगर्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन् । आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा आइतबार सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा बोल्नेले मात्रै सक्ने बताए ।
‘देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन । मुलुक चलाउन एक्लै सकिँदैन । टिम चाहिन्छ,’ सभापति थापाले भने, ‘संसारभर कोलाहल र हल्ला मच्चाउनेहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनीहरूले घृणाको भाषा बोलिरहेका हुन्छन् । घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ ।’
उनले निर्वाचनमा सोमबारसम्म प्रचारप्रसार गर्दा उत्तेजना र घोचपेचको भाषा कसैलाई पनि प्रयोग नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीको नीति घोचपेच र उत्तेजनाको भाषा चुनावी प्रचारप्रसारमा नगर्ने रहेको सभापति थापाको भनाइ थियो ।
‘मैले साथीहरूलाई भनेको थिए, फेरि पनि भन्छु, चुनाव प्रचार प्रसारका क्रममा उत्तेजनाको भाषा प्रयोग नगरौँ, घोचपेच नगरौँ,’ थापाले भने, ‘प्रचारप्रसारका क्रममा आफ्ना एजेन्डा प्रस्तुत गर्ने हो, सिद्धान्त प्रस्तुत गर्ने हो । योजना प्रस्तुत गर्ने हो । हामीले निर्वाचनमा प्रतिज्ञापत्र ल्याएका छौँ । त्यसैलाई बुझाउने प्रयास गर्नुस् ।’
आफूले योजना र एजेन्डाबारे प्रधानमन्त्रीका उम्मेदवारबिच बहस होला, बहसमा प्रतिस्पर्धा होला भन्ने सोचेको भए पनि त्यो हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण