टिकटकमा ‘बालेन शाहमाथि गोली प्रहार’ भएको भ्रामक सूचना फैलाउने पक्राउ
आइतबार, १७ फागुन २०८२, १७ : १२
सारांश
- प्रहरीले टिकटकमा झुटो सूचना फैलाउने एक युवकलाई पक्राउ गरेको छ, जसमा बालेन शाहमाथि गोली प्रहारको भ्रामक दाबी गरिएको थियो।
- पक्राउ पर्नेमा कञ्चनपुरका २३ वर्षीय प्रकाश भट्ट छन्, जसले टिकटकमा गलत पोस्ट गरेका थिए।
- प्रहरीले भट्टलाई काठमाडौंको डबली चोकबाट पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको छ।
काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन शाहमाथि गोली प्रहार’ भएको भन्दै झुटो र भ्रामक सूचना फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई नियन्त्रणमा लिएको हो।
भट्टले टिकटकमा बालेन शाहमाथि आक्रमण भएको भ्रामक पोस्ट गरी समाजमा नकारात्मक सन्देश फैलाएको र सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको प्रहरीको ठहर छ। उनलाई फागुन १५ गते दिउँसो काठमाडौँ महानगरपालिका–५ स्थित डबली चोकबाट प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका भट्टमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण