नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित
सारांश
- नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ।
- कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले सहमति पत्रमा हस्ताक्षर गरे।
- पार्टी एकताका लागि सहमति कांग्रेस र कांग्रेस (बीपी) बीच चुनावी सभामा भएको हो।
काठमाडौँ । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । नेपाली कांग्रेसले आइतबार काठमाडौँको ५ र ६ गरेको संयुक्त चुनावी सभामा कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्।
कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच पार्टी एकताका लागि सहमतीका आधार तय गरेका थिए । त्यही आधारमा समाहित भएको हो ।
चुनावी सभामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस (बीपी) र कांग्रेसबीच एक हुने सहमति भएको जानकारी दिए ।
एकताका लागि छलफल गरिरहेका नेता मल्लले केही समय अगाडि रातोपाटीसँग एकताको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए ।
कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो । त्यही आह्वानपछि कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु देउवा निवास महाराजगन्ज पुगेर राखेको थियो ।
कांग्रेसभित्रको विवादका कारण रोकिएको एकता प्रक्रिया आज सम्पन्न भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण