शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छः मुख्यमन्त्री शाही

बिहीबार, १० साउन २०७५, १२ : ५३
बिहीबार, १० साउन २०७५

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताएका छन् ।  नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागिएको बताए । मुख्यमन्त्री शाहीले भने, ‘हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, बरु तिनको प्रचार हुन सकिरहेको छैन ।’ 

अर्थतन्त्रको बलियो आधार पर्यटन भएको बताउँदै उनले भने, ‘कर्णालीलाई हाइड्रो र कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिन्छ, यसका लागि लगानी र इच्छा शक्तिको आवश्यक छ ।’   नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले राज्यको पर्यटन नीतिलाई आवश्यक सहयोग गर्दै विट पत्रकारिताको शुरुआत र त्यस विधामा विज्ञता हासिल गर्ने उद्देश्य लिएर संघ अघि बढेको बताए । 

कर्णालीको पर्यटनमा खोजरत युवा हरिहर न्यौपानेले कर्णालीको विद्यमान पर्यटन अवस्था, पर्यटकीय साइट, देखिएका समस्या, प्रदेश सरकारले लिएको नीति र गरिरहेको अभ्यास, यसको आगामी विकासबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गरे । न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा कर्णाली प्रदेशका १० जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक÷सांस्कृतिक गरी तीन वर्गमा पर्यटकीय क्षेत्रको तथ्यांक उल्लेख गरिएको छ । 

नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिका अध्यक्ष अशोककुमार सिंहले पर्यटन क्षेत्रको विकासका लागि संघले प्रदेश सरकारको साझेदारको भूमिका निर्वाह गर्ने बताएका थिए । 

उक्त कार्यक्रमका सहभागीले कर्णाली कृषि, खेल, स्वास्थ्य, जल, साहसिकलगायतको विभिन्न मनोरञ्जनात्मक पर्यटन प्रवद्र्धनको भूमिका पर्यटन पत्रकार संघलाई खेल्न र त्यसको पूर्वाधार विकास गर्न प्रदेश 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप