मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा
मनाङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । उनीहरु निर्वाचन सामग्रीसहित आ–आफ्नो क्षेत्रमा गएका हुन् ।
हालसम्म सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका सामग्रीसहित त्यसतर्फ निस्किएका मुख्य निर्वाचन अधिृकत रामप्रसाद पौडेलले जानकारी दिए । नार्पाभूमि क्षेत्रमा जाने बाटोको हिउँ पन्छाएपछि मात्र सामग्रीसहित त्यसतर्फ पठाइएको उनले बताए।
“नार्पाभूमि क्षेत्र अति जोखिम र संवेदनशील छ । उक्त क्षेत्र चीनको सिमानासँग जोडिएको छ । त्यसमाथि मौसम प्रतिकूल रहने गर्छ”, मुख्य निर्वाचन अधिृकत पौडेलले भने। उक्त क्षेत्रमा पाँच अति संवेदनशील मतदान केन्द्र रहेका छन् । सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्रमा पुग्न तीन दिन लाग्छ । सो क्षेत्रमा सडक सञ्जालको पहुँच नहुँदा पैदल नै सामाग्रीसहित पुग्नुपर्ने बाध्यता छ।
यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी १८ हजार मतपत्र जिल्ला पुगिसकेको प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले बताए । मनाङमा एक अस्थायीसहित २८ मतदान केन्द्र रहेका छन्।
निर्वाचनमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बाट यशोदा सुवेदी गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । यहाँ महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण