आइतबार २७ अन्तर्राष्ट्रिय उडान रद्द
सोमबार, १८ फागुन २०८२, ०८ : १२
सारांश
- आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ वटा उडान रद्द भए।
- मध्यपूर्वको तनावका कारण नेपालबाट ती क्षेत्रका उडान रद्द भएका हुन्।
- कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमानका उडान प्रभावित भए।
काठमाडौं । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २७ वटा उडान रद्द भएका छन् । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण नेपालबाट ती क्षेत्रमा जाने उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आइतबार कुल ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यो प्रस्थान र आगमन सहितको संख्या हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको हमाद, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई र शारजाह, साउदी अरेबियाको किङ खालिद र किङ फहद, कुवेतको कुवेत विमानस्थल तथा ओमानको मस्कट विमानस्थलमा उडान हुँदै आएका थिए ।
यी सबै गन्तव्यमा हुने प्रस्थान र आगमन अहिले रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण