यूएईमा इरानी आक्रमणमा मृत्यु हुने नेपालीको सनाखत, दूतावासले गरायो जानकारी
सारांश
- यूएईमा ड्रोन आक्रमणमा परी गोर्खाका २९ वर्षीय दिबस श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ।
- उनी यूएईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए र इरानको ड्रोन आक्रमणमा मारिए।
- राजदूतावासले मृतकको पार्थिव शरीर नेपाल पठाउन र यूएईमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी मृत्यु हुने नेपाली नागरिकको सनाखत भएको छ। नेपाली राजदूतावास, अबुधाबीले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक नेपालीको पहिचानसहित आधिकारिक जानकारी गराएको हो।
दूतावासका अनुसार, अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गोर्खा जिल्ला स्थायी घर भएका २९ वर्षीय दिबस श्रेष्ठको मृत्यु भएको हो।
उनी यूएईस्थित 'मिडल इस्ट कम्पनी'मा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको दुःखद निधन भएको आधिकारिक जानकारी यूएईको परराष्ट्र मन्त्रालयले दूतावासलाई उपलब्ध गराएको थियो। यस घटनाप्रति नेपाली राजदूतावासले गहिरो दुःख व्यक्त गर्दै दीवङ्गत आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।
दूतावासले हालको परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा आवश्यक सहजीकरण गर्न आफू तत्पर रहेको स्पष्ट पारेको छ।
यसैबीच, विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै नेपाली राजदूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुरक्षित रहन विशेष अपिल गरेको छ।
दूतावासले सम्पूर्ण नेपालीहरूलाई नआत्तिन र संयमता अपनाउन आग्रह गर्दै सुरक्षित स्थानमा बस्न र यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण