मौन अवधिमा आचारसंहिता पूर्ण रूपमा पालना गर्न कास्की प्रशासनको आग्रह
गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले आज राति १२ः०० बजेदेखि निर्वाचनको मौनअवधिमा सुरु हुने भएकाले आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।
कार्यालयका तर्फबाट सोमबार जारी सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राति १२ः०० बजेदेखि मौनअवधि लागू हुने जानकारीसहित प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउनका लागि मौनअवधिलाई पालना गर्न/गराउन सबैलाई आग्रह गरेको हो ।
मौनअवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाइने कार्यालयले जनाएको छ । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गर्नरगराउन वा प्रतिक्रिया दिन नहुने सूचनामा जनाइएको छ ।
पदाधिकारी, कर्मचारी तथा निकायले मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित सामूहिक छलफल गर्न नहुने, राजनीतिक दल, उम्मेदवार र दलका भातृ सङ्गठनले निर्वाचन प्रचारप्रसारका लागि जुलुस, आमसभा वा कोणसभा गर्न नपाइने, सञ्चारमाध्यममा कुनै प्रकारका प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने र घरदैलो कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ ।
सञ्चार प्रतिष्ठानसम्बद्ध कर्मचारी तथा पत्रकारले मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारका निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने र राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा अतिरिक्त टकसो’, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरलगायत कार्यक्रम गर्न नहुने सूचनामा उल्लेख छ ।
निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि राजनीतिक दल, उम्मेदवार वा निजको प्रतिनिधिले प्रयोग गर्ने अनुमति पाएका सवारीसाधन मौनअवधिमा प्रयोग गर्न नहुने पनि प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण